
काठमाडौँ । स्याङजाको फेदीखोला गाउँपालिकाले ट्रान्सफर सर्टिफिकेट नभएका विद्यार्थीको भर्ना नगर्न विद्यालयलाई निर्देशन दिएको छ ।
पालिकाले एक सूचना जारी गर्दै एक विद्यालयबाट अर्काे विद्यालयमा भर्ना हँदा स्थानान्तरण प्रमाणपत्र (ट्रान्सफर सर्टिफिकेट) बिना भर्ना नगर्न निर्देशन दिएको हो ।
स्थानान्तरण प्रमाणपत्र बिना भर्ना गरिएको पाइए पालिकाको स्थानीय शिक्षा ऐन, २०७४ र शिक्षा नियमावली, २०७५ बमोजिम कारबाही हुने समेत पालिकाले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१ १६:२०
प्रतिक्रिया दिनुहोस्