Odapalika - The Fourth Estate - चौथो अंग
कतारका अमिरको भ्रमणमा भोलि सार्वजनिक बिदा 

काठमाडौँ । सरकारले भोलि देशभर सार्वजनिक बिदा घाेषणा गरेको छ । कतारका अमिरको भ्रमण भन्दै सरकारले भोलि अर्थात ११ बैशाखामा सार्वजनिक बिदा दिएको हो । 

‘कतारका अमिरले भोलि वैशाख ११ गतेदेखि गर्नुहुने नेपालको राजकीय भ्रमणको अवसरमा वैशाख ११ गते सार्वजनिक विदा दिने,’ मन्त्रिपरिषदले सार्वजनिक गरेको निर्णयमा भनिएको छ । 

आज बसेको मन्त्रिपरिषद बैठकले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष पेश गर्ने निर्णया पनि गरेको छ ।  

बैठकले विपदबाट क्षति भएका तथा जोखिममा रहेका निजी आवास प्रबलीकरण, पुनस्र्थापना तथा पुनर्निर्माण गर्न तीन तहको सहलगानी हुनसक्ने गरी विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन नियमावलीमा संशोधन गर्ने निर्णय गरेको छ । 

त्यसैगरी अर्थसचिवमा मधुकुमार मरासिनीलाई र अर्थसचिव कृष्णहरि पुष्करलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गर्ने निर्णय भएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । 
 

प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  १३:०४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update