Odapalika - The Fourth Estate - चौथो अंग
वडाको पहलमा कफी बनाउन सिक्दैछन् व्यासका युवा 

काठमाडौँ । तनहुँको व्यास नगरपालिका वडा नम्बर ३ ले बेरोजगार युवायुवतीलाई स्वदेशमै स्वरोजगार बनाउन ३० जना युवालाई वारिष्टा (कफी बनाउने) तालिम दिएको छ । 

व्यास नगरपालिका ३ नं वडा कार्यालयको आयोजनामा बेरोजगार युवायुवतीलाई समावेश गरी ४५ दिनको तालिम प्रदान गरिएको वडा कार्यालयले जनाएको छ । 

बेरोजगार युवायुवतीलाई स्वदेशमै स्वरोजगार बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको वडासदस्य दधिराज घिमिरेले जानकारी दिए ।

उनका अनुसार तालिममा सहभागीलाई प्रतिव्यक्ति ३ हजार रुपैयाँका दरले शुल्क निर्धारण गरिएको छ । तालिममा प्रशिक्षार्थीको पनि लगानी भएपछि तालिम अझ प्रभावकारी बन्ने वडाध्यक्ष अनुप रानाले जानकारी दिए ।

वडाबाट सीपमूलक तालिमका लागि २ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । आइतबारदेखि सुरु भएको तालिम जेठ २४ गतेसम्म सञ्चालन हुनेछ ।   

प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  १४:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update