Odapalika - The Fourth Estate - चौथो अंग
आज पनि भारी वर्षा हुने, सतर्कता अपनाउन विभागको आग्रह 

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आजपनि केही ठाउँमा भारी वर्ष हुने जनाएको छ । विभागका अनुसार कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना छ। 

देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहने जनाउँदै विभागले हाल लुम्बिनी प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक÷दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ । दिउँसो देशका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा साथै कोशी र मधेश प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक÷दुई स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ । 

राति देशभर सामान्य बदली रही कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित भारी वर्षाको प्रक्षेपण महाशाखाले गरेको छ । साथै, लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना पनि छ ।  

हाल नेपालमा मनसुनी वायुको साथै विहार आसपासमा रहेको न्यूनचापीय प्रणालीको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपालनजिक) रहेकोले नेपालको उत्तरी क्षेत्रमा धेरै वर्षा भइरहेको छ ।

प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०  ०८:१२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update