Odapalika - The Fourth Estate - चौथो अंग
एक सातालाई टर्‍याे पानीको सम्भावना, देशभर तातो हावा

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले देशभर अब पानी पर्ने सम्भावना कम भएर तातो हाव चल्न थालेको चनाएको छ । 

दैनिक गर्मी बढेसँगै आगलागी र डढेलोका घटनामा बृद्धि हुन थालेपछि तापक्रम पनि ह्वात्तै बढेको छ । 

देशको तराई भूभागमा अबका केही दिन अत्यधिक गर्मी हुने विभागको भनाइ छ । वैशाख १४ गतेसम्म तराईका केही स्थानमा तातो हावा तथा तातो लहरको सम्भावना रहेको विभागले जनाएको छ ।

केही दिनयता देशका अधिकांश भूभागको अधिकतम र न्यूनतम तापक्रम क्रमिक रूपमा बढ्दै गएको छ । अब तराईका भूभागमा अत्यधिक गर्मीको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

पहाडी भूभागका उपत्यका तथा खोचहरूमा समेत तापक्रम क्रमिक रूपमा बढ्ने विभागको भनाइ छ । 

तराइमा तत्काल ल नदेखिएको तर तातो लहर भने चलेको विभागको भनाइ छ । लु हुन कतैबाट तातो हावा बहेर आउनुपर्छ त हाल यस्तो अवस्था नभइ सम्वन्धित जमिन नै तातेर तापक्रम वढेको हो । 

विभागका अनुसार मधेश, लुम्बिनी र पश्चिमी क्षेत्रमा तापक्रम बढ्ने सम्भावना छ । हावा धेरै नबहने र स्थिर रहने स्थानमा बढी गर्मी हुनेछ । 

विभागका अनुसार अबका केही दिन देशका अधिकांश स्थानमा वर्षाको सम्भावना नरहेको विभागको भनाइ छ । 

प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  ०६:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update