Odapalika - The Fourth Estate - चौथो अंग
मकर र मीनको रमाइलो दिन, यी राशिलाई लाग्न सक्छ ऋण 

आजको पञ्चाङ्ग

तिथिः पूर्णिमा । नक्षत्रः चित्रा । करणः भद्रा । चन्द्रराशिः कन्या । सूर्योदयः ५ः३३ । सूर्यास्तः १८ः ३३ । दिनमानः ३२ः२८ घडी । राहुकालः बेलुका ३ः०० देखि ४ः३० बजेसम्म ।

तपाईंको आज

मेष (चु चे चो ला लि लु ले लो अ)

आज शुरुमा काममा अवरोध हुनसक्छ । मध्यान्नदेखि समयले साथ दिनेछ ।  रमाइलो भेटघाट हुनेछ । परिवारको सफलताले मन आनन्दित हुनेछ ।

वृष (इ उ ए ओ बा बि बु बे बो)

आज स्वास्थ्यमा समस्या आउनेछ । साथीहरुसँग बिछोडिनु पर्नेछ । शत्रुको कारण बढी खर्च होला ।  

मिथुन (का कि कु घ ङ छ के को ह)

तपाईँको आज शुभ दिन हुनेछ । सन्तान सुख पाउनु हुनेछ । पराक्रम बढ्नेछ ।

कर्कट (हि हु हे हो डा डि डु डे डो)

यात्राको कारण शरीर थकित तथा आलस्य हुनेछ । गरेको कामबाट प्रशंसा पाइनेछ । भेटघाटको अवसर जुर्नेछ ।

सिंह (मा मि मु मे मो टा टि टु)

सामाजिक कार्यमा संलग्न भइनेछ । जोश जाँगरले कठिन काम सजिलै बन्नेछ । पराक्रमले अरुलाई प्रभावित पार्नु हुनेछ ।

कन्या (टो प पि पु ष ण ठ पो)

आज गरेको कामको जस पाइनेछ । धन प्राप्त होला । लेनदेनको कारण सामान्य तनाव लिनुपर्नेछ । 

तुला (र रि रु रे रो ता ति तु ते)

आजको दिन आयआर्जनको लागि प्रतिकूल रहनेछ । सामान किनमेलमा समय खर्च होला । आजको यात्रामा सुखद हुनेछ । 

वृश्चिक (तो ना नि नु ने नो या यि यु)

आज तपाईँको खर्चिलो दिन हुनेछ । गरेको कामबाट बिग्रने सम्भावना देखिन्छ । कुनै समाचारले मन प्रसन्न होला ।  

धनु (ये यो भा भि भु ध फा ढा भे)

सही ठाउँमा धन खर्च हुनेछ । समय भाग्योदयको रहेकाले काम बन्नेछन् । धर्मतिर मन जानेछ । 

मकर (भो जा जि जु जे जो खा खि खु खे खो गा गि)

कामले सफलता पाउनेछ । भेटघाट र रमाइलोमा दिन बित्नेछ । सोचविचारले गरेको काम पूर्ण हुनेछ ।

कुम्भ (गु गे गो सा सि सु से सो दा)

उपयोगी सामान नोक्सान हुनेछ । महत्वपूर्ण कार्य बिग्रन सक्नेछ । भाग्यले साथ दिनेछैन । धैर्यपूर्वक काम गर्नुपर्ला । 

मीन (दि दु थ झ ञ दे दो चा ची) 

आज तपाईको समय अनुकूल भएकाले रमाइलोसँग बित्नेछ । धेरैसँग कुरा मेल हुनसक्छ । तपाईंको पराक्रम बढ्नेछ । आफन्तकोे साथ लिएर काम गर्दा सफल भइनेछ । 

प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  ०६:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update