Odapalika - The Fourth Estate - चौथो अंग
अन्तरतह समन्वय परिषदको विषयगत समितिमा फेदीखोला गाउँपालिका अध्यक्ष मनोनित, कोशीमा केसी  

काठमाडौँ । स्याङ्जाको फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदी संघ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७ बमोजिम गठित विषयगत समितिको सदस्यमा मनोनित भएका छन् । 

देशभरिका स्थानीय तहका प्रमुख र अध्यक्ष मध्येबाट मनोनीत हुने सदस्यमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले उनलाई मनोनयन गरेको हो । 

संघीय मन्त्रालय र स्थानीय तहबीच समन्वय गरी नीति तथा योजना कार्यान्वयन र विकास निर्माणका कामको प्रभावकारिता ल्याउन प्रदेश र स्थानीय तहबीच समन्वयका लागि कानुन मन्त्रीको अध्यक्षतामा विषयगत समिति गठन हुने प्रावधान छ । 

सुवेदी सो समितिको स्थानीय तहका तर्फबाट मनोनयन हुने एकजनाको कोटामा मनोनित भएका हुन् । ९ बैशाखमा समितिमा उनी मनोनित भएका हुन् । 

कोशी प्रदेश समन्वय परिषदमा केसी

यसैबीच संघ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७ बमोजिम गठित कोशी प्रदेश समन्वय परिषद सदस्यमा ओखलढुंगाको चम्पादेवी गाउँपालिकाका अध्यक्ष नवराज केसी मनोनित भएका छन् । प्रदेश मुख्यमन्त्रीले केसीलाई ११ वैशाखमा  समन्वय परिषद सदस्यमा नियुक्त गरेका हुन् । 
 

प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  ११:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update