Odapalika - The Fourth Estate - चौथो अंग
के आज पानी पर्छ ? यसो भन्छ मौसम विभाग 

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले तराइमा अत्यधिक गर्मी बढे पनि देशका पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना औल्याएको छ । 

नेपालको मनसुनमा हाल पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको र यसकै कारण पहाडका कतैकतै भागमा पानी पर्नसक्ने विभागको भनाइ छ ।

विभागले दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । 

उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ । लुम्बिनी प्रदेशलगायत तराईका केही स्थानमा हावाहुरीको सम्भावना छ । 

विभागका अनुसार आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । 

कोसी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ । लुम्बिनी प्रदेशको तराईका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको विभागले जनाएको छ । 

 
 

प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  ०६:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update