Odapalika - The Fourth Estate - चौथो अंग
जिहो ब्राण्डका विद्युतीय बाइक र स्कुटर बजारमा, यस्तो छ बजार मूल्य

काठमाडौँ । नेपालमा जिहो ब्राण्डका बाइक र स्कुटर भित्रिएको छ । रिलायन्स ग्रुप नेपालले जिहोको नयाँ स्कुटर र बाइक नेपाल भित्र्यार औपचारिक रुपमा लन्च गरेको छ । 

नेपालका लागि सीएफ मोटो तथा जिहो स्कुटरकोको आधिकारिक वितरक रिलायन्स ग्रुपअन्तर्गतको ऋषि ट्रेड सेन्टरले जिहोको दुई स्कुटर र सीटी स्पोटर्स इलेक्ट्रिक बाइक सार्वजनिक गरेको हो । कम्पनीले जिहोको ‘जिहो एई–६ प्लस, जिहो एई–६ प्लस लङ रेन्ज’ र सीटी स्पोटर्स नेपालमा सार्वजनिक गरेको छ । 

कम्पनीले नेपाली बजारमा जिहोको एई८ मोडलमार्फत आफ्नो बजार विस्तार गरेको थियो । नयाँ सीएफ मोटो बाइकमा २५० एनके फनको मूल्य ५ लाख ९९ हजार ९ सय रुपैयाँ कायम गरिएको छ । त्यस्तै २५० एसआर फनको मूल्य ६ लाख ७४ हजार ९ रुपैयाँ, ४५० एनकेको मूल्य ११ लाख १९ हजार ९ सय रुपैयाँ रहेको छ । cf-moto1-1713954778.jpg
 

जिहो तर्फ एईसिक्स प्लसको ३ लाख ४४ हजार ९००, एईसिक्स लङ रेन्जको ३ लाख ९४ हजार ९००, सिटी स्पोर्टस इलेक्ट्रिक बाइकको रू. ३ लाख ४९ हजार ९०० रहेको कम्पनीका जनरल म्यानेजर उज्वल जोशीले जानकारी दिए ।

कम्पनीले यी सबै सवारीसाधनको प्रि बुकिङ खुला भएको जानकारी दिएको छ । यसका साथै कम्पनीले नयाँ आउटलेट सोरुमको ललितपुरको झम्सिखेलमा उद्घाटन गरेको छ ।

ललितपुर महानगरलाई स्कुटर हस्तान्तरण

कम्पनीले सामाजिक उत्तरदायित्व अन्तरगत ललितपुर महानगरपालिकालाई विद्युतीय स्कुटर समेत हस्तान्तरण गरेको छ । महानगरका नगरप्रहरी बललाई कम्पनीले जिहोको एई६ को विद्युतीय स्कुटर दिएको थियो । 

कम्पनीका म्यानेजर जोशीले ग्राहकको विश्वास र मायाँलाई निरन्तर रुपमा अघि बढाउन कम्पनीले बिक्री तथा बिक्री पछिको सेवालाई चुस्त बनाउन सधै अग्रसर रहने बताए । 
 

प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  १६:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update