Odapalika - The Fourth Estate - चौथो अंग
काठमाडौँपछि भक्तपुर छिर्‍याे ठेला हटाउ अभियान

भक्तपुर । शहरी सौन्दर्य बिगारेको भन्दै भक्तपुर नगरपालिकाले नगरका बजार क्षेत्रमा व्यापारिक प्रयोजनका लागि राखिएका ठेलागाडा हटाउन थालेको छ । 

काठमाडौंँ महानगरपालिकाले यो अभियान थालेपछि बैकल्पिक व्यवस्था नगरी बलपूर्वक हटाइएको भन्दै बिरोध भइरहेका बेला भक्तपुर नगरपालिकाले पनि यो अभियानलाई तिब्र बनाएको हो । 

नगरपालिकाले फुटपाथमा राखिएका ठेला र अव्यवस्थित पसल हटाउन यसअघिनै सूचना प्रकाशन गरी पटक पिटक माइकिङसमेत गरेको थियो । 

तर पसलहरु हट्न नमानेपछि नगर प्रहरी लगाएर नगरपालिकाले हालसम्म ३० वटा ठेलापसल हटाएको छ । मंगलवारबाट सुरु भएको यो अभियान सुर्यबिनायक हुँदै कमलविनायकसम्म पुगेको छ । 

नगर प्रहरीले ठेला, साइकल, घुम्ती पसल नियन्त्रणमा लिएपछि ती व्यवसायीले भने विकल्प नदिइ जर्वजस्ती हटाइएको भन्दै गुनासो गरेका छन् । 

काठमाडौँ महानगरपालिकाले फुटपाथमा व्यवसाय गर्न रोक लगाएपछि ती व्यवसायी यतिवेला भक्तपुरमा व्यवसाय गर्न थालेको नगरको भनाइ छ । 

यसअघि बुटलव र नेपालगंज उपमहानगरपालिकाले पनि यो अभियान चलाए । तर उनीहरु सफल भने हुन सकेनन् । 
 

प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०  १२:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update