Odapalika - The Fourth Estate - चौथो अंग
प्रमुख प्रशासकीय अधिकृत सहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृत सहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

आयोगले बिहीबार विशेष अदालतमा हुम्ला चंखेली गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासीय अधिकृत विष्णु वहादुर शाही, इन्जिनियर, वडा अध्यक्ष उपभोक्ता समितिका अध्यक्षसहित ७ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्याएको भन्दै मुद्धा दायर गरेको हो । 

पालिकाको वडा नम्बर ३ स्थित सुकिचौर हुँदै चिमाङसम्मको बाटो निर्माण कार्यमा अनियमितता गरेको भन्दै निमित्त प्रमुख प्रशासकीय अधिकृत वली, असिस्टेन्ट सव इन्जिनियर हर्कधन बुढा, उपभोक्ता समितिका अध्यक्ष मनजित रोकाया, सचिव धनपति ऐडी, कोषाध्यक्ष पुनी ऐडी, वडा नम्बर ३ का तत्कालीन वडाअध्यक्ष सालिग्राम ऐडी विरुद्ध मुद्दा दायर भएको हो । 

आयोगले सातै जना विरुद्ध २ लाख २२ हजार ५०३ रुपैयाँ माग दाबी गर्दै मुद्दा दायर गरेको हो । 

प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  १४:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update