Odapalika - The Fourth Estate - चौथो अंग
गरुडा नगरपालिकाले प्रदेश सरकारसँग माग्यो १३ आयोजनाको लागि सशर्त अनुदान

काठमाडौँ । रौतहट जिल्लाको गरुडा नगरपालिकाले प्रदेश सरकारसँग १३ आयोजनाको लागि सशर्त अनुदान माग गरेको छ ।

प्रदेश सरकारले प्रकाशित गरेको सुचना अनुसार आफ्नो नगरपालिकाभित्र सडक पूर्वाधार बनाउनको लागि नगरपालिकाले प्रदेश सरकारसँग सशर्त अनुदान माग गरेको हो । नगरपालिकाले १ देखि ९ सम्मका सडक तथा पुल निर्माणको लागि अनुदान रकम माग गरेको छ ।

नगरपालिकाले प्रदेश सरकारसँग सशर्त अनुदान माग गर्दै दिएको निवेदन वडापालिका डटकमले प्राप्त गरेको छ । सो निवेदनमा वडा नम्बर १ मा मन्दिर निर्माण, ८ मा कम्पाउण्ड वाल र बाटो पुर्ने कार्य, वडा नम्बर ७ मा पक्की सडक ढलान तथा नाली निर्माण, वडा नम्बर २ मा पक्की सडक निर्माणमा तथा नाला निर्माण, वडा नम्बर ९ र ४ मा पनि पक्की सडक ढलानका लागि अनुदान रकम माग गरिएको छ ।

नगरपालिकाका मेयर कन्थमणि प्रसाद कलवारले प्रदेश अर्थमन्त्रालयमा निवेदन दिएका हुन् । मेयर कलवारले गत बैशाख ३ गते सो निवेदन प्रदेश अर्थमन्त्रालयमा पेश गरेका थिए ।

garuda-napa-1714041591.jpg
 

प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  १६:२९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update