Odapalika - The Fourth Estate - चौथो अंग
स्थापनाको ४ वर्षपछि देउखुरी सर्पदंश उपचार केन्द्रले पायो अनुमति

काठमाडौँ । दाङ देउखुरी सर्पदंश उपचार केन्द्र गढवालाई सञ्चालन गर्नका लागि मन्त्रालयले अनुमति दिएको छ । 

स्वास्थ्य मन्त्रालयले दाङ जिल्लाको गढवा गाउँपालिका वडा नम्बर ६ मा रहेको दाङ देउखुरी सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि अनुमति प्रदान गरेको हो ।

विषालु सर्पको डसाइबाट बर्सेनि धेरै घाइते हुने र अस्पताल टाढा हुँदा उपचार नपाएर मृत्युवरण गर्नुपर्ने अवस्था थियो । २०७६ फागुन १ गते गढवा गाउँपालिका तत्कालीन अध्यक्ष सहजराम अहिरले २०७७ साउन १ गते औपचारिकरुपमा उद्घाटन गरिएको दाङ देउखुरी सर्पदंश उपचार केन्द्रले बैधानिक रुपमा सर्पदंश उपचार केन्द्र सञ्चालनको लागि २०८१ बैशाख ४ गते अनुमति पाएको हो । 

स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण माहाशाखाले दाङ देउखुरी सर्पदंश उपचार केन्द्र सञ्चालनको लागि अनुमति दिएको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले जानकारी दिए । महाशाखाले चार वर्षका लागि अनुमति प्रमाणपत्र जारी गरेको छ । 

साथै दाङ देउखुरी सर्पदंश उपचार केन्द्रको लागि एन्टि रेबिज भ्याक्सिनको कोटा माग गरे अनुसार मासिक २० भाईल भ्याक्सिनको कोटा तोकेर व्यवस्थापन महाशाखा, स्वास्थ्य सेवा बिभाग लाई बोधार्थ पत्र पठाईएको उनले बताए । 

प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  ११:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update