Odapalika - The Fourth Estate - चौथो अंग
हुलाक टिकट किन्न अब ३ घन्टा हिड्न पर्दैन छायाँनाथ रारावासीले 

मुगु । हिमाली जिल्ला मुगुको छायाँनाथ रारा नगरपालिका वडा नम्बर १२ ले नगरवासीलाई दिने सेवा सरल, सहज र निःशुल्क बनाउँदै लगेको छ । 

नगरभित्र रहेका १४ वडा मध्ये १२ नम्बर वडा कार्यालयले बजारमा रहेको केही सीमित पसलमा पाइने नागरिकता बनाउन प्रयोग हुने अनुसूची फाराम र हुलाक कार्यालयमा मात्र पाइने हुलाक टिकट वडा कार्यालयबाट निःशुल्क वितरण थालेको छ । 

नागरिकता बनाउने अनुसूची फारम र हुलाक टिकट गाँउ बस्तीमा नपाइने त्यसमाथि एउटा अनुसूची फारम ल्याउनको लागि ३ घण्टा लगाएर बजार पुग्नुपर्ने अवस्थाको अन्त्य गर्न वडाले अग्रसरता देखाएको हो । 

chayanath-rara1691652798.jpg

नागरिकता लिन वडा कार्यालयबाट अनुसूची फारम भरेर पुनः जिल्लामा गएर नागरिकता बनाउनुपर्ने भएको हुँदा वडावासीलाई सानो कामले पनि दुःख हुने भएको भन्दै वडा कार्यालयबाट नागरिकता बनाउँदा प्रयोग गर्नु पर्ने अनुसूची र  हुलाक टिकट निःशुल्कमा उपलब्ध गराउने गरेको छाँयानाथ रारा नगरपालिका वडा नम्बर १२ का वडा सचिव हेम बहादुर बढुवालले बताए ।

नागरिकता बनाउनको लागि २० रुपैयाँ पर्ने अनुसूची र १० रुपैयाको हुलाक टिकट लिन बजार जानुपर्ने अवस्थाको अन्त्य भएको भन्दै स्थानीय वडावासी बजिर बहादुर बि.कले खुसी व्यक्त गरे । 

वडा कार्यालय बाट दिर्ने सम्र्पूण सार्वजनिक सेवा प्रवाहलाई छिटो, छरितो, प्रभावकारी गुणस्तरीय, चस्त दुरुस्त बनाउने प्रतिवद्घता गदै वडावासीको सहजताका लागि नागरिकता बनाउने अनुसूची र हुलाक टिकट निःशुल्क उपलब्ध गराइएको छायाँनाथ रारा नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष आइतुराम रोकायाले बताए । 

प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०  १३:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update