Odapalika - The Fourth Estate - चौथो अंग
९ लाख घरधुरीमा पुग्यो वर्ल्डलिंकको इन्टरनेट

काठमाडौँ । सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायकका रुपमा रहेको वर्ल्डलिंकको इन्टरनेट ९ लाख घरधुरीमा पुगेको छ । कम्पनीले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार उक्त घरधुरीमा इन्टरनेट सेवा पुगेको हो । 

स्थापनाको २९ औँ वर्षमा कम्पनीले उक्त उचाई हासिल गर्न सफल बनेको जनाईएको छ । 

कम्पनीका संस्थापक दिलीप अग्रवालले अमेरिकाबाट ल्याएको एउटा कम्प्युटर र ईमेल सर्भरबाट वर्ल्डलिंकको यात्रा सुरु भएको थियो । नेपाल दूरसञ्चार प्राधिकरणबाट अनुमति प्राप्त गरी सेवा विस्तारमा लागेको कम्पनीले वि.सं. २०७४ सालको जेठमा एक लाख ग्राहकलाई  इन्टरनेट कनेक्सन उपलब्ध गराउन सफल भएको थियो ।  

त्यसयता निरन्तर कम्पनीले आफ्ना ग्राहकसंख्या बढाउँदै आएको छ । 

हाल वर्ल्डलिंकमा ५३ सय भन्दा बढी कर्मचारी कार्यरत रहेका छन् । कूल १३० शाखा मार्फत कम्पनीले देशका सातै प्रदेशका ७३ जिल्लामा इन्टरनेट उपलब्ध गराइरहेको छ । बाँकी रहेका ४ जिल्लामा समेत चाँडै नै आफ्नो सेवा विस्तार गर्ने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  १३:०४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update