Odapalika - The Fourth Estate - चौथो अंग
गोकर्णेश्वर नगरपालिकाले कर्मचारीको तह बृद्धि गर्ने, यस्तो छ प्रक्रिया 

काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाले स्थानीय सेवामा कार्यरत कर्मचारीहरुको तहबृद्धि गर्ने भएको छ । 

नगरपालिकामा कार्यरत पाँचौ देखि सातौँ तहसम्ममा कार्यरत कर्मचारीको एक तह वृद्धि गर्न भन्दै मापदण्ड पुगेका कर्मचारीलाई आवेदन दिन पालिकाले भनेको छ । 

स्थानीय सेवा (गठन तथा संचालन) ऐन, २०७९ को दफा ९ र ३० अनुसार पालिकामा स्थानीय तहमा कार्यरत कर्मचारीको तह र स्तर वृद्धि सम्बन्धी कार्यविधि अनुसार पाँचौँदेखि सातौँ तहसम्मका कर्मचारकिो तह र वृद्धि गरिनेछ । 

गत पुस समान्तसम्ममा योग्यता र सेवा अवधि पुगेका स्थानीय सेवाका स्थायी कर्मचारीले तहवृद्धिका लागि निवेदन दिन सक्नेछन् । 

१३ बैशाखमा नगरपालिकाले सूचना प्रकाशन गर्दै १५ दिनभित्रमा निवेदन दिन भनेको छ । निवेदनका साथ पछिल्लो ५ वर्षको कार्यसम्पादन मूल्यांकन, समायोजन भएका कर्मचारीको हकमा समायोजन भएको पत्रको प्रतिलिपिलगायतका कागजात पेश गर्नुपर्ने प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले जनाएका छन् । 

d6a3fa6b-4ea0-4ec1-b164-9263deb0f625-1714119110.jpg


 

प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  १४:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update