Odapalika - The Fourth Estate - चौथो अंग
२८ जना सहसचिवको सरुवाः फेरिए ललितपुर र भरतपुरका प्रमुख प्रशासकीय अधिकृत

काठमाडौँ । सरकारले एकै पटक २८ जना सहसचिवको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले २८ जना सहसचिवको सरुवा गरेको हो । 

जसअनुसार ललितपुर महानगरपालिका र भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएको छ । 

ललिलतपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीलाई भरतपुर महानगरपालिका र भरतपुर महानगरपालिकामा कार्यरत नरेन्द्र कुमार रानालाई अर्थ मन्त्रालयमा सरुवा गरिएको छ । 

हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयकी  रेखा दासको ललितपुर महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मा लगाईएको छ । 

यसबाहेक अन्य मन्त्रालय र प्रदेश मन्त्रालयका विभिन्न पदका सहसचिवहरुको पनि अन्तरमन्त्रालय सरुवा पनि भएको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  १४:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update