काठमाडौँ । बूढानीलकण्ठ नगरपालिका र काठमाडौं महानगरपालिका वडा नम्बर ७ को सीमाना पर्ने कपन खोलामाथि राखिएको स्ल्याब हटाउन काठमाडौंँ महानगरपाकिलाको टोली कपन पुगेको छ ।
बिहीबार काठमाडौं महानगरपालिका –७ स्थित कपन खोलामाथि राखिएको स्ल्याब हटाउन काठमाडौं महानगरपालिकाको नगरप्रहरीको टोली कपनको साततले पुगेको हो ।
स्ल्याब हटाउन गएको महानगरको नगर प्रहरी र स्थानीयबीच झडपसमेत भएको थियो । स्थानीयको विरोध पछि डोजर चल्न दिइएको छैन ।
काठमाडौं महानगरपालिकाले कुनै जानकारी नदिई एकाएक साततलेमा डोजर चलाएको स्थानीयको भनाइ छ ।
प्रकाशित मिति: बिहीबार, साउन २५, २०८० १३:४०
प्रतिक्रिया दिनुहोस्