Odapalika - The Fourth Estate - चौथो अंग
यी हुन आज धन खर्च हुने र कमाउने राशिहरु 

आजको पञ्चाङ्ग 

तिथिः चतुर्थी । नक्षत्रः मूल । करणः  कौलव । चन्द्रराशिः धनु । सूर्योदयः ५ः२९ । सूर्यास्तः १८ः३५ । दिनमानः ३२ः४६ घडी । राहुकालः बेलुका ४ः३० देखि ०६ः०० बजेसम्म 

तपाईंको आज 

मेष (चु चे चो ला लि लु ले लो अ)

आजको दिन अनुकूल रहनेछ । भाग्यले साथ दिनेछ । अनावश्यक झञ्झटबाट मुक्त पाइनेछ । घुमफिर र किनमेलले शरीरमा स्फूर्ति आउनेछ । 

वृष (इ उ ए ओ वा वि वु वे वो)

आज तपाईंको विरोध गर्नेहरु प्रशस्तै हुनेछन् । खुब सोचविचार गरेर काम गर्नुपर्नेछ । यात्रामा अवरोध आउनेछ । कार्य अधुरै रहला ।  

मिथुन (का कि कु घ ङ छ के को ह)

आजको दिन पारिवारिक खुशी आउनेछ । नोकरी वा कार्यबाट लाभ हुनेछ । मनोरञ्जनपूर्ण दिन बित्ने देखिन्छ । आम्दानी बढ्ने देखिन्छ । 

कर्कट (हि हु हे हो डा डि डु डे डो)

अप्रत्यासित नोक्सानी हुनेछ । तपाईंको बोलीले काम बिग्रनसक्छ । सामान हराउने सम्भावना देखिन्छ । शत्रुले दुःख दिनेछन् । 

सिंह (मा मि मु मे मो टा टि टु टे)

मान सम्मान प्राप्त हुनेछ । परिवारको प्रशंसा पाउनुहुनेछ । मित्रले साथ दिनेछन् । विद्यामा सफलता पाइनेछ । नयाँ कामको जिम्मेवारी आउनेछ ।

कन्या (टो पा पि पु ष ण ठ पे पो)

पराक्रम सुनेर रिस गर्ने प्रशस्त होलान् । अत्याधिक खर्च हुने देखिन्छ । हानी नोक्सानी बेहोर्नु पर्नेछ । 

तुला (र रि रु रे रो ता ति तु ते) 

आजको दिन रमाइलो यात्रा हुनेछ । कार्यको सिद्धिप्रप्तिको योग छ । धनागम हुने देखिन्छ । तपाईँको भाग्यको ढोका खुल्नेछ । 

वृश्चिक (तो ना नि नु ने नो या यि यु)

कार्यक्षेत्रमै ब्यस्त भइनेछ । कामलाई पूर्ण सफल पार्न निकै परिश्रम गर्नुपर्ला । अरुले कामको आलोचना भने गर्नेछन् । धन आगमन भने हुने देखिन्छ । 

धनु (ये यो भा भि भु ध फा ढा भे)

मान सम्मानले उर्जा दिनेछ । यात्रामा निस्किनु पर्र्नेेछ । कामबाट सन्तोष भइनेछ । भाग्यले साथ दिनेछ । धर्मप्रति मन जानेछ ।

मकर (भो जा जि जु जे जो खा खि खु खे खो गा गि)

आज खर्च बढी हुनेछ । आत्मविश्वासका साथ गर्नुपर्नेछ । काम असफल हुनसक्छ , संयमता अपनाउनु पर्नेछ । अनावश्यक सोच मनमा आउनेछन् ।  

कुम्भ (गु गे गो सा सि सु से सो दा)

धन आगमन हुनेछ । मनोरञ्जनमा दिन बित्नेछ । नयाँकार्यले सफलता प्राप्त हुन्छ । अरु मन सजिलै जित्न सकिनेछ । 

मीन (दि दु थ झ ञ दे दो चा ची ) 

आजको दिन अनुकूल छ । शत्रुहरु परास्त हुनेछन् । शरीरमा पूmर्ति आउनेछ । नयाँ सामानको खरिद हुनेछ । धर्मतिर मन जानेछ । बोलीमा आकर्षण रहला । 

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  ०६:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update