Odapalika - The Fourth Estate - चौथो अंग
यी ३ प्रदेशमा हल्का वर्षा, तराईमा हावाहुरीको डर 

काठमाडौँ । आज नेपालका गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा सामान्य वर्षा हुने सम्भावना देखिएको छ । 

जल तथा मौसम विज्ञान विभागले यी प्रदेको मौसममा आंशिक बदली हुने जनाएको हो । विभागको अनुसार आज पनि पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव कायम नै छ । 

विभागका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा कतैकतै छिटपुट पानी पर्नसक्छ भने बाँकी भूभागमा मौसम दिनभर सफा रहनेछ । 

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङसहित हल्का पानी भने पर्नसक्छ । 

देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना हुँदा लुम्बिनी, मधेस र कोशी प्रदेशका तराईका केही स्थानहरूमा हावाहुरी पनि चल्ने विभागको भनाइ छ । 

आज राति काशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही देशको बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । गण्डकी  प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । 
 

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  ०६:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update