Odapalika - The Fourth Estate - चौथो अंग
अब बिहान ९ बजेबाटै खुल्छ काठमाडौँ महानगरपालिका 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शुक्रवारबाट विहान ९ बजेदेखि कार्यालय सञ्चालन गरेको छ । सेवा सहज बनाउन  विहान १ घण्टाको समय परिवर्तन भएको महानगरका प्रवक्ता नविन मानन्धरले जानकारी दिए ।

यो सेवा महानगरपालिकाका सबै विभाग, वडा, सचिवालय, आयोजनासमेतका कार्यालयको हकमा लागू हुनेछ । 

थप समयमा काम गर्नका लागि कर्मचारीहरुलाई प्रोत्साहन गर्न ‘काठमाडौँ महानगरपालिका कर्मचारी सेवा सुविधा सम्बन्धी मापदण्ड २०८०’ नगर कार्यपालिकाबाट स्वीकृत गरी स्थानीय राजपत्रमा प्रकाशित भइसकेको छ । सेवाको गुणस्तरीयता र प्रभावकारिताका लागि अतिरिक्त समयमा समेत कार्य सम्पादन गर्न आवश्यक रहेकोले पदीय जिम्मेवारी वहन गर्न उपलब्ध गराउने स्रोत, साधन सम्बन्धी व्यवस्था मापदण्डले गरेको छ ।

बिहान १० बजेबाट सरकारी तथा निजी क्षेत्रका कार्यालयमा काम गर्ने कर्मचारीलाई यो व्यवस्थाले महानगरपालिकाबाट सेवा प्राप्त गर्न सहज हुनेछ । 

बिहान आफ्नो कार्यालय जानु पूर्व महानगरपालिका र अन्तर्गतका विभिन्न कार्यालयहरूबाट सेवा प्राप्त सजिलो होस भन्ने उद्देश्यले यो व्यवस्था कार्यान्वयन गरिएको प्रवक्ता मानन्धरको भनाइ छ । 
 

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  ०६:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update