Odapalika - The Fourth Estate - चौथो अंग
काठमाडौँ महानगरले देशभरका विपन्नको निःशुल्क उपचार गर्ने 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले देशभरका असहाय र बिपन्न नागरिकको महानगरभित्रका असपतालमा निःशुल्क उपचार गर्ने घोषणा गरेको छ । 

महानगरका प्रमुख बालेन शाहले सामाजिक सञ्जाल फेसबुकमाफृत निःशुल्क उपचारको घोषण गरेका हुन् । 

उनले फेसबुकमा लेखेका छन्, ‘नेपालको जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिक बिरामीहरूले आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर काठमाडौँ महानगर आउनुहोला । हामीसँग ५२ अस्पतालका ३७४ बेड आवद्ध छन् । त्यहाँ बिरामीको आवश्यकता अनुसार निःशुल्क उपचार हुनेछ । तपाईंको टोल छिमेक वा आफन्ताहरू यो वर्गमा पर्नुहुन्छ भने खबर गरिदिनुहोला ।’

महानगरले यसका लागि स्वास्थ्य शाखा या टोल फ्रि नम्बरमा सम्पर्क गर्न भनेको छ । महानगरले ५२ वटा अस्पतालसँग समन्वय गरेर निश्चित प्रतिशत बेड असहाय का लागि उपचारमा छुट्याउने सम्झौता यसअघि नै गरिसकेको छ । 

यो सुविधा लिन सम्वन्धित पालिकाको विपन्न भएको सिफारिस भने अनिवार्य ल्याउनपर्नेछ । 

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १०:२६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update