Odapalika - The Fourth Estate - चौथो अंग
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ३० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ ।

इन्स्योरेन्सले आइतबार एक सूचना जारी गर्दै ३० हजार १२० कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको जनाएको हो । 

सूचना अनुसार संस्थापक सेयरधनी विराटकुमार श्रेष्ठको नाममा रहेको २७ हजार ३ सय ७५ कित्ता र सुरेन्द्र सुवेदीको नाममा रहेको २ हजार ७ सय ४५ कित्ता गरी ३० हजार १ सय २० कित्ता सेयर बिक्रीमा राखिएको हो । 

इच्छुक संस्थापक सेयरधनीहरूले आजदेखि ३५ दिनभित्र आवेदन दिनुपर्ने छ । इच्छुक लगानीकर्ताले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा आवेदन दिन सक्नेछन् ।

३५ दिनभित्र संस्थापक सेयरधनीबाट आवेदन नआएमा कानुनबमोजिम प्रक्रिया अगाडि बढाइने इन्स्योरेन्सले जनाएको छ ।
 

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  ११:००
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update