Odapalika - The Fourth Estate - चौथो अंग
एनआईसी एशिया बैंकको सहायक सीईओमा खनियाको बढुवा

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडले सहायक सीईओमा अर्जुनराज अनियाको बढुवाा भएको छ । बैंकको महाप्रबन्धकमा कार्यरत खनियालाई शुक्रबार सहायक सीईओको जिम्मेवारी दिईएको हो । 

सन् २००४ देखि बैंकिङ्ग क्षेत्रमा प्रवेश गरेका खनियाले बैंकका विभिन्न शाखा, विभाग तथा इकोसिस्टमहरुमा काम गरी २० वर्ष भन्दा लामो अनुभव हासिल गरिसकेका छन् । 

सन् २००४ मा नेपाल बैंक लिमिटेडमा आन्तरीक लेखापरीक्षकको रुपमा नायब प्रबन्धकमा नियुक्त भएर वाणिज्य बैंकको यात्रा सुरु गरेका उनी छोटो समयमै सहायक सीईओको जिम्मेवारी पाएका हुन् । 

सन् २०१० मा तत्कालिन बैंक अफ एशिया नेपाल लिमिटेडमा शाखा प्रमुखको रुपमा नियुक्त भएका उनले त्यसपश्चात एनआईसी एशिया बैंकका विभिन्न विभाग तथा इकोसिस्टमहरुमा प्रमुखको रुपमा नेत्तृत्वदायी भुमीकामा रही बैंकको व्यवसायिक रणनीति निर्माण एवम् कार्यान्वयनमा अतुलनीय योगदान दिइसकेको बैंकले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  ११:१२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update