Odapalika - The Fourth Estate - चौथो अंग
पाँचपोखरी थाङपालका कर्मचारी बोकेको गाडी दुर्घटना, ६ जना घाइते 

काठमाडौँ । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाका कर्मचारी सवार जिप दुर्घटना हुँदा पालिकामा कार्यरत ६ जना कर्मचारी घाइते भएका छन् । 

१४ बैशाखमा कार्यालय समय सकेर काठमाडौं आउने क्रममा बा१झ ६३०३ नम्बरको जिप पालिकाको वडा नम्बर ८ तिपेनीमा दुर्घटनामा परेको हो । 

दुर्घटनामा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकत लक्ष्मण कुँइकेल, प्रशासन प्रमुख रामप्रसाद न्यौपाने, शिक्षा शाखा प्राविधिक सहायक सरिता गौतम, राजश्व शाखा प्रमुख दीपाकुमारी धमला, महिला बालवालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख शारदा उप्रेती र सवारी चालक कान्छा तामाङ घाइते भएका हुन् । 

घाइतेहरुको काठमाडौंस्थित शंखरापुर अस्पताल र नेपाल अर्थोपेडिक अस्पतालमा उपचार भइरहेको गाउापालिका अध्यक्ष टासी लामाले जानकारी दिए । 

दुर्घटनामा परी गम्भीर घाइते भएको भन्दै पालिका तथा स्थानयि सेवा कर्मचारी सञ्जालले वेग्लावेग्लै विज्ञप्तिमार्फत स्वास्थ्यलाभको कामना गरेका छन् । 
 

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १२:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update