Odapalika - The Fourth Estate - चौथो अंग
क्षतिपूर्ति माग्दै प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा पत्रकारको धर्ना 

काठमाडौँ । काठमाडौं महानगरपालिका नगर प्रहरीको कुटाइबाट घाइते भएका पत्रकारलाई न्यायको माग गर्दै श्रमजीवी पत्रकार संघले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष अघि धर्ना दिएको छ । 

संघका अध्यक्ष जन्मदेव जैशीले सहमति कायाृन्वयन नभएकाले धर्ना दिनुपरेको बताए । सहमति भएको डेढ महिना बितिसक्दासमेत पत्रकार पदमप्रसाद पोखरेललाई न्याय नदिएकाले धर्नामा बस्नुपरेको उनको भनाइ छ । 

उनका अनुसार महानगरले पीडितको मोबाइलबाहेक अन्य कुनै सामान फिर्ता नदिएको र उपचार खर्च पनि व्यहोर्न इन्कार गरिरहेको छ । 

‘प्रमुख प्रशासकीय अधिकृत परियारको रोहबरमा सहमति भयो । उपचार खर्च व्यहोर्ने, जफत गरिएको सामान फिर्ता गर्नेलगायतका प्रतिबद्धता जनाएपछि हामीले आन्दोलन फिर्ता लिउका थियौँ तर  मोबाइल फिर्ताबाहेक पीडितले राहत नपाएपछि धर्नामा बस्न बाध्य भयौँ,’ जैसीले भने । 

ddd-1714290883.jpg
गत फागुन १६ गते सुन्धारामा भएको महानगर प्रहरी र व्यवसायीबीच झडपको रिपोर्टिङ गर्न पुगेका प्राणमञ्च मासिक तथा डटकमका प्रधानसम्पादक पोखरेलमाथि आक्रमण भएको थियो । 

गत चैत ४ गते परियारले आन्दोलित पत्रकारलाई बोलाएर घटनाबारे छानबिन गर्ने, जफत गरिएको सामान फिर्ता गर्ने, उपचार खर्च व्यहोर्ने प्रतिबद्धता जनाएपनि हालसम्म कार्यान्वयन नभएको पीडितको भनाइ छ । 

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १३:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update