Odapalika - The Fourth Estate - चौथो अंग
लिम्चुङबुङ गाउँपालिकाले खोज्यो कृषि उत्पादनको बजार, अब अकबरे र तरकारीले बजार पाउने

काठमाडौँ । उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले स्थानीय किसानले उत्पादन गरेको कृषि उत्पादन आफैँले बजारीकरण गर्ने भएको छ । 

गाउँपालिका अध्यक्ष मेजर कुमार राईका अनुसार पालिकाले स्थानीय कृषकले उत्पादन गरेका अकबरे खोर्सानी, तरकारी र फलफूल बेच्न कागवेनी ईन्टर प्राईजेज प्रालिसँग सम्झौता गरेको छ । 

उनले प्रालि र आफुबीच तरकारी र फलफूल बजारीकरणको जिम्मा प्रालिले लिने सहमति भएको हो । उनकाअनुसार प्रालिले प्रचलित बजार मूल्यका आधारमा किसानले उत्पादन गरेका कृषि उपज खरिद गर्नेछ । 

सम्झौतामा गाउँपालिकाका तर्फबाट अध्यष राई र कागवेनी ईन्टरप्राईजेजका प्रबन्ध निर्देशक लोक जंग लामाबीच सहमति पत्रमा हस्ताक्षर भएको हो । यो कार्यले स्थानीय उत्पादनले बजार नपाएर खेर जाने विगतको समस्या समाधान हुने उनको भनाइ छ । 

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १५:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update