Odapalika - The Fourth Estate - चौथो अंग
सरकारलाई आइस्पानको प्रश्न : स्वदेशी लगानीकर्ताको समस्या सम्बोधन नभइ कसरी आउँछन् विदेशी ? 

काठमाडौँ । इन्टरनेट सेवा प्रदायकहरुको छाता संस्था इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) ले विदेशी लगानीकर्ताको समस्या सम्बोधन नगरेको सरकारले विदेशी लगानीकर्ताको माग कसरी सम्बोधन गर्छ भन्दै चासो देखाएको छ । 

आइतबारबाट सुरु भएको लगानी सम्मेलनको सफलताको शुभकामना दिदैँ आइस्पानले उक्त चासो देखाएको हो । 

आइस्पानका महासचिव नविन श्रेष्ठले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘ आज हामी राज्यको चर्को र उच्चदरको करको मारमा परेको अवस्था, हाम्रो व्यावसाय संचालनको लागि राज्यले गर्ने सहजीकरणको कुनै आभास नै नभएको अवस्थामा विदेशी लगानिकर्ताहरुले व्यावसायिक माहोलको बारेमा चासो राखेको खण्डमा उनीहरूलाई हाम्रो मुलुकमा लगानी गर्नको लागि कसरी सकारात्मक बनाउने भन्ने कुराको हामी अन्यौलमा छौँ ।’

आइस्पानले नेपाल विश्वमा फिक्स्ड ब्रोडब्याण्डमा सस्तो ईन्टरनेट सेवा उपलब्ध गराउने मुलुकमा ८ औं स्थानमा पर्न सफल भएको भन्दै देशको ४३% भन्दा बढी घरधुरीमा र गाउँ गाउँ सम्म आज फिक्स्ड ब्रोडब्याण्डको पहुँच पुगेको जनाएको छ । 

विज्ञप्तीमा सरकारको सहयोग र कुनै सुरक्षा बीनै व्यवसायीहरुले जोखिम लिएर नेपालको दुरसञ्चार क्षेत्रममा अर्बाे लगानी गरेर हजारौँलाई रोजगारी दिएको र सरकारलाई समेत अर्बाे राजश्व तिर्दै आएको उल्लेख छ । 

‘देशभित्रै राज्यको कुनै सुरक्षा र सहयोग विना आफैले जोखिम उठाउदै बैंकमा आफ्नो भए गरेको जायजेथा राखेर अर्बौं लगानी गरी हजारौंलाई रोजगारी दिइरहेको ईन्टरनेट क्षेत्रलाई विशेष रुपमा हेरिनु पर्दछ । विदेशी लगानीकर्ताले अन्य देशमा लगानी गर्नुभन्दा पहिले देशकै स्वदेशी उद्योगी व्यावसायीहरु मार्फत आफ्नो लगानीको सुनिश्चितताका लागि राज्यको नीति, व्यवसायीहरुलाई गरिने व्यावहार र प्रदान गरिने सेवाहरु बुझेर मात्रै लगानी गर्ने कुरो अन्तर्राष्ट्रिय जगतमा चलिआएको पद्धति पनि हो। जुन हाम्रो जस्तो मुलुकमा अझ बढी सान्दर्भिकता राख्दछ’, विज्ञप्तीमा भनिएको छ । 

ispan-notice-1714300848.jpg
 

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १६:२६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update