Odapalika - The Fourth Estate - चौथो अंग
सांसद सुनिल शर्मा निवासबाटै पक्राउ, यस्तो छ अभियोग 

काठमााडौँ । प्रतिनिधिसभाका सांसद सुनिल शर्मा पक्राउ परेका छन् । सिआइवीको टोलीले बिहीबार अपरान्ह उनकै निवास मण्डिखाटारबाट बाट पक्राउ गरेको हो ।  पक्राउका विषयमा प्रहरीले थप खुलाएको छैन । 

सिआइबी उच्च स्रोतले सांसद शर्मा पक्राउ परेको पुष्टी  गरेकाे छ । उनीमाथि डाक्टरको नक्कली सर्टिफिकेट बनाएको आरोप लागेपछि अनुसन्धानका लागि पक्राउ गरिएको सिआइबी स्रोतको भनाइ छ । सिआइबीले सांसद शर्मासँगै थप ८ जनालाई पक्राउ गरेको स्रोतले जानकारी दियो ।

प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०  १६:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update