Odapalika - The Fourth Estate - चौथो अंग
तराईमा अत्यधिक गर्मी हुँदा पहाड र मधेशको यस्तो छ खबर  

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले नेपालका तराई भूभागमा तापक्रम अत्यधिक वढ्दै गएको जनाएको छ । 

तराई क्षेत्रका ५ भन्दा वढी स्थानमा ४० डिग्री भन्दा वढी तापक्रम मापन गरिएपनि नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव भने कायम नै रहेको जनाएको छ । 

भैरहवामा आइतवार ४२ डिग्रीसम्म तापक्रम मापन गरिएको र यो क्रम अझै केही दिन रहेने विभागको भनाइ छ । 

बिभागका अनुसार आज देशका पहाडी भूभागमा आंशिक बदली भएपनि देशभरको मौसम सामान्यतया सफा रहने भनेको छ । 

आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।

कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ । उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको पनि सम्भावना छ ।

लुम्बिनी, मधेश र कोशी प्रदेशका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा हावाहुरीको सम्भावना कायम नै छ । आज राति पहाडी भूभागमा आंशिक बदली हुन सक्ने विभागको भनाइ छ । 

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  ०६:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update