Odapalika - The Fourth Estate - चौथो अंग
जुगल गाउँपालिका- ७ का वडाअध्यक्ष पक्राउ 

काठमाडौँ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष रवि तामाङ पक्राउ परेका छन् । 

बैङ्किङ कसुर मुद्दामा फरार रहेका वडाध्यक्ष तामाङलाई आइतवार प्रहरीले पक्राउ गरेको हो । 

उच्च अदालत पाटनले बैङ्किङ कसुर मुद्दामा ३ दिन कैद र ९ लाख ९० हजार रुपैयाँ जरिमाना तोकेको थियो । तर फैसला हालसम्म कार्यान्वयन भएको थिएन । 

उनलाई प्रहरी निरीक्षक सञ्जीव यादवको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टराईले जानकारी दिए ।

उच्च अदालत पाटनले मा उनलाई दोषी ठहर गरेको थियो । प्रहरीको फरार सूचीमा रहेका तामाङलाई फैसला कार्यान्वयनका लागि कारागार चलान गरिएको छ । 

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  ०७:०३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update