Odapalika - The Fourth Estate - चौथो अंग
मटिहानीका अग्नि पीडितलाई काठमाडौँ महानगरपालिकाको १० लाख सहयोग

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महोत्तरीको मटिहानी नगरपालिका वडा नं. ६ जरलहवा टोलका आगलागी पीडितलाई १० लाख रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । महानगर विपद व्यवस्थापन समितिले विपदमा परेका व्यक्ति तथा परिवारको राहत तथा पुनःस्थापनाका लागि सहयोग गर्ने निर्णय गरेको हो । 

निर्णयबमोजिमको रकम आज नगरपालिकाको खातामा जम्मा हुने गरी पठाउने महानगरपालिकाको तयारी छ । 

जरलहवा टोलमा १२ गते बुधबार दिउँसो १ बजेदेखि आगलागी सुरु भएको थियो । आगलागीमा परेर ९१ वटा कच्ची घर र ९ वटा अर्धपक्की घर गरेर १ सय घर जलेका छन् । यसबाट ४५५ जना व्यक्ति प्रभावित भए । सोही आगलागीले ५ वटा बाख्रा, २ वटा सुँगुर जलेर नष्ट भए । 

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  ११:५८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update