Odapalika - The Fourth Estate - चौथो अंग
खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या

काठमाडौँ । इलामको माई नगरपालिका–२ डिपुडाँडामा आइतबार राति छोराले खुकुरी प्रहार गरी सौतेनी आमाको विभत्स हत्या गरेका छन् ।

घरायसी विवाद हुँदा २१ वर्षीय छोरा सन्देश दियालीले खुकुरी प्रहार गरी ३१ बर्षीया सौतेनी आमा नेत्रमाया खवास दियालीको हत्या गरेको लोदिया प्रहरी चौकी दानावारीका प्रमुख प्रहरी बरिष्ठ नायव निरीक्षक कैलाशकुमार केसीले जानकारी दिए ।

घरायसी लेनदेनका विषयमा कुरा नमिल्दा विवाद भई हत्या भएको हुन सक्ने स्थानयिको भनाइ छ । हत्या गर्ने छोरा सन्देश र सौतेनी आमा नेत्रकला घरमा बस्दै आएका थिए । नेत्रकलाका श्रीमान भने बैदेशिक रोजगारीमा रहेको छन । हत्या गर्ने सन्देशलाई मध्यरातनै प्रहरीले नियन्त्रणमा लिएको छ । 

माई नम्वर–२ रातेखाडीका २५ वर्षीय रमेश योगी आफ्नै कोठामा आइतवार मृत अवस्थामा फेला परेका छन् । नजिकै विजुलीको बोर्ड समेत भत्किएको अवस्थामा उनी ओछ्यानमा घोप्टो परेको अवस्थामा मृत भेटिएका हुन् । करेन्ट लागेर उनको ज्यान गएको हुन सक्ने प्रहरीको अनुमान छ । 


 

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १२:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update