Odapalika - The Fourth Estate - चौथो अंग
बझाङ प्रदेशसभा–१ उपनिर्वाचनः एमाले–कांगेस अघिपछि, अरु उम्मेदवारले कति मत ल्याए ? 

काठमाडाैँ । बझाङ प्रदेशसभा–१ को उपनिर्वाचनमा कांग्रेस र एमालेबीच कडा टक्कर देखिएको छ । ६ पालिका रहेको यो निर्वाचन क्षेत्रमा २ पालिकाको अनितम परिणाम आउन बाँकी छ । 

पछिल्लो मत परिणामअनुसार उमालेका उम्मेदवार दमन बहादुर भण्डारी १० हजार ३६३ मतका साथ अग्रस्थानमा छन् । उनलाई कांग्रेसका अभिषेक बहादुर सिंहले  १० हजार ३५४ मतसहित पछ्याइरहेका छन् । 

यहाँ माओवादी केनद्रका जनकबहादुर बुढाले ३ हजार ७१३ र नेकपा उकीकृत समाजवादीका उम्मेदवारले २ हजार ४३७ पाएका छन् । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी प्रकाशबहादुर सिंहका अनुसार सोमबार दिउँसोसम्म अन्तिम मत परिणाम सार्वजनिक हुन सक्ने अनुमान छ । शनिबार भएको मतदानमा ३० हजार ३२८ मत खसेको छ । यहाँ ११ दलका उम्मेदवार थिए ।

२०७९ को निर्वाचनमा कांग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको सडक दुर्घटनामा निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो । कांग्रेस उम्मेदवार सिंह उनकै छोरा हुन् । गत निर्वाचनमा यहाँ कांग्रेस, माओवादी र एकीकृत समाजवादीको गठबन्धनका उम्मेदवार रहेका सिंह १७ हजार ११२ मत प्राप्त गरी विजयी भएका थिए एमालेका अफिलाल ओखेडाले १३ हजार ३७६ मत पाएका थिए । 
 

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १२:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update