
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन अन्तरगत इलामा–२ मा जारी मतगणनामा माइ नगरपालिकाको मतगणना जारी छ ।
यो नगरपालिकोको वडा नम्बर ६ मा भने पहिलोपटक सुर्यले भन्दा स्वातन्त्र उममेदवार डकेन्द्र सिंह थेवेको मुढा चिन्हले बढी भोट ल्याएको छ ।
वडा नम्बर ६ को अनितम गणना सकिदा मुढाले ५५१ मत ल्यायो भने सुर्यले ५४१ मत पाएको छ । त्यस्तै यो वडामा रुखले ३३५ र घन्टीले ८४ मत पाएका छन् ।
हालसम्मको गढानामा एमाले उम्मेदवार ११ ६१९ मतसहित अग्रस्थानमै छन् । दोस्रोमा पछ्याइरहेको रुखले ७ हजार ६५९, मुढाले ७४५२ र घन्टीले १ हजार ५८६ मत पाएका छन् ।
फाकफोकथुम, चुलाचुली र माङसेवुङ गाउँपालिकाका १ देखि ४ नम्बर वडाको गणना सकिएको छ भने हाल माइ नगरपालिकाको गणना सुरु भएको छ ।
माइ नगरपालिकाका ३ वटा वडा यो निर्वाचन क्षेत्रमा पर्छन् भने अब देउमाइ नगरपालिका र इलाम नगरपालिकाको ११ वटा वडाको मत गन्न बाँकी छ ।
गणना हुन बाँकी रहेको माइ नगरपालिकामा भने जम्मा ९ वटा वडा पर्छन् । यहाँ २०७९ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा प्रमुख र उपप्रमुख दुवै एमालेले जितेको छ ।
एमालेका तर्फबाट एमालेका सुर्यप्रसाद पोखरेल र उपप्रमुखमा पबी माया राई निर्वाचित भएका थिए ।
९ मध्ये ५ वटा वडामा एमाले र ४ वटा वडामा कांग्रेसले जितेको थियो । वडा नम्बर १ मा एमालेका फिनराज श्रेष्ठ, २ मा एमालैकै नरबहादुर मगर र ३ मा कांग्रेसका पदम बहादुर कटुवालले जितेका थिए ।
वडा नम्बर ४ को वडा अध्यक्षमा एमालेका भीमलाल खनाल, वडा ५ मा एमालेकै तिलकबहादुर हेन्जन र वडा नम्कर ६ मा कांग्रेसका सुरेन्द्र कुमार बस्नेतले वडाअध्यक्षमा बाजी मारेका थिए ।
वडा नम्बर ७ मा कांग्रेसका राम बहादुर राईले चुनाव जित्दा वडा नम्बर ८ मा एमालेका चन्द्रबहादुर मगर र वडा नम्बर ९ मा कांग्रेसका यम कुमार लिम्बूले जितेका थिए ।