Odapalika - The Fourth Estate - चौथो अंग
बझाङमा एमाले जीतको नजिक, १ हजार मत गन्न बाँकी हुँदा ३४१ मतले अघि 

काठमाडौ । बझाङ–१ प्रदेश सभा निर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमन भण्डारीले नेपाली कांग्रेसका उम्मेदवार अभिषेक सिंहसँगको मतान्तर बढाएका छन् । 

कडा टक्करबीच भण्डारी अघि बढेका छन् । नेपाली कांग्रेसका उम्मेदवार अभिषेक सिंहलाई पछि पार्दै नेकपा एमाले उम्मेदवार दमन भण्डारी ३४१ मतले अघि बढेका छन् । अब साइपाल गाउँपालिकाको करिव १ हजार मत गन्न बाँकी छ । 

भण्डारीले ११ हजार १०२ मत ल्याउदा सिंहले १० हजार ७६१ मत पाउका छन् । सुरुवाती मतगणना एमालेका उम्मेदवार भण्डारी अगाडि थिए । त्यसपछि नेपाली कांग्रेसका सिंह लगातार अगाडि बढे । हाल भण्डारी अघि छन् । 

हालसम्मको मतगणनामा नेकपा माओवादी केन्द्रका जनक बुढाले ३ हजार ७९० मत, नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ४४९ मत पाएका छन् । 

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १३:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update