Odapalika - The Fourth Estate - चौथो अंग
बझाङ प्रदेश सभा सदस्यमा एमालेका दमन भण्डारी बिजयी 

काठमाडौँ । बझाङ–१ प्रदेश सभा निर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमन भण्डारीले विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार अभिषेक सिंहलाई पराजित गर्दै भण्डारी निर्वाचित भएका हुन् ।  

कडा टक्करबीच भण्डारीले नेपाली कांग्रेसका उम्मेदवार अभिषेक सिंहलाई  २६६ मतान्तरले पराजित गरे । भण्डारीले ११ हजार ६१२ मत ल्याएर निर्वाचित हुँदा कांग्रेसका सिंहले ११ हजार ३४६ मत ल्याए । 

माओवादी केन्द्रका जनकबहादुर बुढाले ३ हजार ८३१ मत ल्याए । नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ५१४ मत ल्याएका छन् । 
 

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १४:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update