Odapalika - The Fourth Estate - चौथो अंग
घुस सहित पक्राउ परे वडाअध्यक्ष

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस सहित वडाअध्यक्षलाई नियन्त्रणमा लिएको छ । 

आयोगले कपिलवस्तु, महाराजगञ्ज नगरपालिका वडा नं. २ का वडा अध्यक्ष उजेर अलीलाई सेवाग्राहीबाट लिएको १५ हजार रुपैयाँ घुस सहित नियन्त्रणमा लिएको हो । 

उनीमाथि घरबाटो सिफारिस दिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस÷रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले घुस हित वडाअध्यक्षलाई नियन्त्रणमा लिइएको हो ।  
 

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १५:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update