Odapalika - The Fourth Estate - चौथो अंग
नेक्सजेन म्यानेजमेन्ट र कोरियन कम्पनीबीच समझदारी, ६ अर्ब वैदेशिक लगानी भित्र्याउने

काठमाडौँ । नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्रालिले वैदेशिक लगानी भित्र्याउन कोरियन कम्पनीसँग सम्झौता गरेको छ । कम्पनीले वैदेशिक लगानी भित्र्याउन कोरियन कम्पनी एम ए विसि इन्भेष्टमेन्ट ग्रुप प्रा लिसँग सम्झौता गरेको छ । 

नेपाल सरकारले आयोजना गरेको लगानी सम्मेलनको दोस्रो दिन आज सो सम्बन्धी सहमति चीनको लागी नेपालका राजदुत श्री विष्णु पुकार श्रेष्ठको उपस्थितिमा उक्त सम्भौतापत्रमा हस्ताक्षर भएको हो। 

सम्झौतामा एमएबिसी इन्भेष्टमेन्ट ग्रुपको तर्फबाट उक्त कम्पनीका अध्यक्ष जियोन योगं लि र नेक्सजेन म्यानेजमेन्टको तर्फबाट आधिकारीक प्रतिनिधी शिवराज दवाडी (माधव दवाडी) ले दस्तखत गरे । 

कोरियन कम्पनी एमएबिसी इन्भेष्टमेन्ट ग्रुपले नेपाल सरकारसंग उद्योग व्यवसाय, हरित उर्जा, सेवा उद्योग, नविनतम प्रविधि, कृषि तथा खनिज क्षेत्रहरूमा वैदेशिक लगानी ल्याउने स्विकृति लिएको छ। यस्तो लगानीको रकम नेपाली ६ अर्ब बराबर रहेको छ । 

सम्झौता पत्रमा नेपाल भित्र ल्याउने वैदेशिक लगानी मार्फत स्थापना र संचालन हुने यस्ता उद्योग व्यवसायमा नेक्सजेन म्यानेजमेन्टले सहजीकरण तथा परामर्श सेवा प्रदान गर्ने सहमति भएको जनाइएकाे छ । 

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १६:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update