Odapalika - The Fourth Estate - चौथो अंग
नागार्जुनले ५० प्रतिशत अनुदानमा धानको विउँ वितरण गर्ने

काठमाडौँ । काठमाडौँको नागार्जुन नगरपालिकाले ५० प्रतिशत अनुदानमा धानको बिउँ वितरण गर्ने भएको छ । पालिकाले सोमबार एक सूचना जारी गर्दै अनुदानमा उन्नत धानको  बिउँ खुमल ४ र खुमल १० वितरणको कार्यक्तम रहेको जनाएको हो । 

सूचना अनुसार उक्त अनुदानमा विउँ लिन इच्छुक नगरवासिले सूचना प्रकाशन भएको ७ दिनभित्र निवेदन पेश गर्नुपर्नेछ । 

निवेदनका साथमा सम्बन्धित वडा कार्यालयको सिफारिस, नागरिकताको प्रतिलिपी, समूह÷ सहकारीको हकमा बैठकको निर्णय र संस्था दर्ता प्रमाणपत्रको प्रतिलिपी र खेति गरिने जग्गाको लालपूर्जाको प्रतिलिपी वा भाडामा भएको सम्झौतापत्रको प्रलिलिपी पेश गर्नुपर्ने सूचनामा उल्लेख छ । 

notice-1714388682.jpg
 

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १६:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update