
काठमाडौँ । इलाम २ मा प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी भएका छन् ।
एमालेका नेम्वाङले नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई फराकिलो मतान्तरले हराएका हुन् ।
नेम्वाङले २७ हजार ७७२ मत पाए भने खड्काले २१ हजार ९४२ मत पाएका छन् ।
तेस्रो स्थानमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ मत पाए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बू ५ हजार ५० मत पाएर चौथो भए । उनले जमानत समेत जोगाउन सकेनन् ।
उम्मेदवारी दर्ताका क्रममा राखेको धरौटी अर्थात जमानत फिर्ता हुन कुल सदर मतको १० प्रतिशत मत ल्याउनुपर्छ । तर रास्वपाका उम्मेदवार लिम्बुले सो मत पाउन सकेनन् । इलाममा ६९ हजार ३७४ मत खसेकामा ९०२ मत बदर भएको छ ।