Odapalika - The Fourth Estate - चौथो अंग
शुक्रवारदेखि काठमाडौँसहित बागमतीमा पानी पर्ने, यस्तो छ अन्यत्रको अवस्था 

काठमाडौँ । देशका हिमाली बाहेकका अधिकांश क्षेत्रमा गर्मि बढेसँगै तत्काल पानी पर्ने सम्भावना नरहेको जल तथा मौसम विज्ञा निवभागले जनाएको हछ । 

काठमाडौंमा अझै कम्तीमा तीन दिन वर्षाको सम्भावना छैन भने तराई क्षेत्रमा पानी पर्न एकसाता बढी कुनुपर्ने हुनसक्ने विभागको भनाइ छ । मौसमको नयाँ प्रणाली विकास नभएसम्म पानी नपर्ने उनीहरुको भनाइ छ ।

विभागका अनुसार मात्र मौसममा नयाँ प्रणाली विकास हुनेछ । जसले पहिला देशका पहाडी भागमा वर्षा गराउने सम्भावना वढ्नेछ । 

शुक्रबारदेखि मौसममा बदली सुरु हुने र वाग्मती प्रदेशका पहाडी भू–भागमा वर्षाको सम्भावना रहेको विभागको भनाइ छ । 

आज देशका तराइ भागमा अत्यधिक गर्मी कायम नै रहने छ भने पहाडी केही क्षेत्रमा सामान्य बादल देखिने विभागको भनाइ छ ।

लुम्बिनी, मधेश, सुदूरपश्चिम र कोशी प्रदेशका केही स्थानहरू र बाँकी भूभागको थोरै स्थानहरूमा हावाहुरीको सम्भावना छ ।

राति कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।
 

प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  ०६:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update