Odapalika - The Fourth Estate - चौथो अंग
यस्तो छ आज दिनभर तपाईंको कर्म र भाग्यको फल 

आजको पञ्चाङ्ग 

तिथिः सप्तमी । नक्षत्रः उ.षा. । करणः भद्रा । चन्द्रराशिः धनु । सूर्योदयः ५ः२७ । सूर्यास्तः १८ः३६ । दिनमानः ३२ः५३ घडी । राहुकालः बेलुका ३ः०० देखि ४ः३० सम्म ।

तपाईंको आज 

मेष (चु चे चो ला लि लु ले लो अ)

भाग्य चम्किनेछ । रोकिएका काम बन्नेछन् । रमाइलो भेटघाट हुनेछ । परिवारको सहयोगले मन आनन्दित हुनेछ । बेलुकातिर भने स्वास्थ्यमा भने समस्या आउनेछ ।

वृष (इ उ ए ओ वा वि वु वे वे)

स्वास्थले पिरोल्नेछ । मित्रहरु प्नि शत्रुजस्ता बन्नेछन् । शत्रुको कारण काममा अवरोध हुनेछ । खर्चिलो दिन छ । संयम लिनु पर्नेछ । 

मिथुन (का कि कु घ ङ छ के को ह)

सोचेजस्तो दिन हुनेछ । परिवारको साथले मन आनन्दित हुनेछ । पराक्रम बढ्ने छ । यात्रादि कार्यमा सफलता प्राप्त हुनेछ । काममा सफलता पाइएला ।

कर्कट (हि हु हे हो डा डि डु डे डो)

कुरा काट्नेहरु टन्नै हुनेछन् । गरेको काम शत्रुले बिगार्ने योग छ । भेटघाटको अवसर भने जुर्नेछ । खर्च गर्दा सोचेर मात्र गर्नुहोला । 

सिंह (मा मि मु मे मो टा टि टु टे)

सन्ततिको खुसी सुन्न पाइनेछ । आत्माविश्वासले सजिलै काम बन्नेछ । बोलीले अरुलाई प्रभावित पार्नु हुनेछ । विद्यामा सफल हुने योग छ । 

कन्या (टो प पि पु ष ण ठ पे पो)

आज मातृसुख पाइनेछ । आमाको आशीर्वादले स्थायी सम्पत्ति प्राप्त हुनेछ । लेनदेनको कारण झमेलामा परिएला । अचानक धन पाउने योग रहेको छ ।

तुला (र रि रु रे रो ता ति तु ते)

आप्mनो पराक्रमले अरुलाई प्रभावित पारिनेछ । भेटघाटमा दिन बित्नेछ । किनमेलमा धन र समय खर्च होला । यात्रामा सुखद हुनेछ । 

वृश्चिक (तो ना नि नु ने नो या यि यु)

आज धन प्राप्त हुने दिन छ । गरेको कामबाट सन्तोष हुनेछ । खुसीको खबर सुन्न पाइएला । स्वास्थको बिशेष ख्याल राख्नुपर्नेछ । 

धनु (ये यो भा भि भु ध फा ढा भे)

अरुको प्रशंसाले काममा उर्जा आउनेछ ।  दिल खोजेर खर्च गर्न पाइनेछ । समय अनुकूल रहेकाले काम बन्नेछन् । धर्म कर्ममा  तन, मन जानेछ । 

मकर (भो जा जि जु जे जो खा खि खु खे खो गा गि)

आज तपाईँको दिन प्रतिकूल हुनेछ । भेटघाट र रमाइलोले खर्च बढ्नेछ । सोचविचार गरेर मात्र काम गर्नुहोला । टाढाका यात्रा हुने सम्भावना रहेको छ ।

कुम्भ (गु गे गो सा सि सु से सो दा)

नयाँ काममा मन जानेछ । उपयोगी सामानको खरिद गर्नुहुनेछ । महत्वपूर्ण यात्रा होला । मन उत्साहित हुनेछ । बोलिले अरुलाई प्रभावित पार्न सकिनेछ । 

मीन (दि दु थ झ ञ दे दो चा ची) 

आजको दिन मध्यम समय छ । भेटघाट र खानपिनमा रमाइनेछ ।  धैर्यताको साथ लिएर काम गर्नुहोला । मान सम्मान पनि प्राप्त होला । दिन खर्चिलो हुनसक्छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  ०६:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update