Odapalika - The Fourth Estate - चौथो अंग
इलाममा एमालेको विजयी सभा, ओलीले सम्बोधन गर्ने

काठमाडौँ ।  इलाम–२ को उपनिर्वाचनमा जित हासिल गरेपछि नेकपा एमालेले आज विजय सभा गर्ने भएको छ । शनिबार भएको उपनिर्वाचनमा एमालेका उम्मेदवार सुहाङ नेम्बाङले जितेका छन् । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट विजयको प्रमाणपत्र प्राप्त गरेपछि नगर परिक्रमासहित विजय सभाको आयोजना हुँदैछ । दिउँसो १ बजे हुने विजय सभालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले इलामका सचिव उमेश गुरुङले जानकारी दिए । 

नेम्बाङले २७ हजार ७७२ मत ल्याएर चुनाव जितेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९४२ मत ल्याए । 

प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  १०:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update