Odapalika - The Fourth Estate - चौथो अंग
तुलसीपुर उपमहानगरका एकल महिलालाई  अनुदानमा बाख्रा 

काठमाडौँ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ ले अतिगरिब एकल महिलालाई बाख्रा वितरण गरेको छ । 

बाख्रापालन गरी आम्दानी वृद्धिका लागि एकल महिला छनोट गरी वितरण गरिएको वडाध्यक्ष खुसीराम चौधरीले जानकारी दिए ।

उनले अतिगरिब एकल महिलाको आम्दानी वृद्धिका लागि बाख्रा वितरण गरेको र यसले  आय आर्जनमा सहयोग पुग्ने बताए । 

वडाभित्रका १० जना एकल महिलालाई बोयर जातका बाख्रा वितरण गरिएको छ । बाख्रा पाएपछि एकल महिलाहरुले आम्दानीको अन्य स्रोत नभएका बेला वडाले गरेको सहयोगले आय आर्जनमा सहयोग पुगने भन्दै खुसी व्यक्त गरेकाछन् । 

प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  १०:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update