Odapalika - The Fourth Estate - चौथो अंग
यस्ता छन् प्रतिभा डवलीमा छानिएका सरकारी कर्मचारीका १० आइडिया

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सञ्चालन गरेको प्रतिभा डबली कार्यक्रम अन्तगरत कर्मचारीका १० वटा आइडिया सर्टलिष्टमा परेका छन् । 

प्रतिभा डवली अन्तरगत छानिएका १० वटा आइडियालाई आइडिया स्टुडियोले ५ दिनको तयारी कक्षा लिनेछ । यो कक्षापछि भएको अन्तिम प्रस्तुतिकरण पछि बिजेता आइडियाको घोषणा गरिनेछ । प्रस्तुति २३ बैशाखबाट हुने मन्त्रालयको भनाइ छ । 

मन्त्रालयले मागेको आइडियाबाट आन्तरिक मूल्यांकन पछि १० वटा आइडियालाई अन्तिम प्रस्ततिका लागि छानेको छ । 

सर्ट लिष्टमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत मनोज शाहको सरकारी अनलाइन मार्केट पोर्टल सम्वन्धि आइडिया, गैडाकोट नगरपालिकामा कार्यरत शंकर कडेलको स्थानीय तहको पूर्वाधार परियोजनासम्वन्धि आइडिया छन् । 

त्यसैगरी नयाँ शहर आयोजना कार्यालयमा कार्यरत मोनिका महर्जनको एकीकृत समन्वय पोर्टल, भूमि व्यवस्थापन तालिम केन्द्रमा कार्यरत संजिव कुमार राउतको भूमि बैंकको आवश्यकता र योगदान सम्वन्धि आइडिया, श्रम मन्त्रालयमा कार्यरत विकास कुमार रजकको दैनिक रिपोर्टिङ र रेकर्ड व्यवस्थापन सम्वन्धि आइडिया, शिवलाल भुसालको सवारी साधनमा मितव्ययीता अपनाउने सम्वन्धि, विकास विकको फोहोरमैला व्यवस्थापन सम्वन्धि, तनोज दुलालको वातावरणीय अध्ययनलाई डिजिटलाइजेशन गर्ने सम्वन्धि र चन्दन प्रसाद दासको ट्रयाकिङ सम्वन्धि सार्वजनिक सेवा प्रणालीको आइडिया छन् । 

मन्त्रालयले यी आइडियामध्येबाट उत्कृष्ट आइडिया छनौट गर्नेछ ।

प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  १३:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update