Odapalika - The Fourth Estate - चौथो अंग
पाटन दरबार स्क्वायर अब प्रेमजोडी मुक्त !

ललितपुर  । ललितपुर महानगरपालिकाले पाटन दरबार स्क्वायरका मन्दिरमा हुने अवान्छित क्रियाकलापमा रोक लगाएको छ ।

नगर प्रहरी प्रमुख सीताराम हाछेथुले, पाटनका पुरातात्विक क्षेत्रमा बस्न र अनैतिक क्रियाकपालप गर्न रोक लगाइएको जानकारी दिए । 

उनले भने मन्दिर परिसरमा बस्नेहरुले विकृति फैलाउने खालका गतिविधि गरेकाले रोक लगाइएको हाछेथुको भनाइ छ । 

उनले भने ‘यो विश्व सम्पदा क्षेत्र हो । यो क्षेत्रमा केटाकेटीहरु आएर अनैतिक क्रियाकलाप गर्ने चिया खाने यहीँ फाल्ने र यहाँ बस्दा खेरी यहाँका बहुमुल्य भगवानका चिजहरु सबै बाङगो टिङगो बनाएर खुट्टाले हानेर सबै बिगारेको छ । त्यसैको सुरक्षाको लागी हामी ललितपुर महानगरपालिकाले यस्तो नियम बनाएको हो ।’ 

krishna-mandir (1)1691669142.jpg

गत शनिबारदेखि यो नियम लगाइएपनि आजदेखि थप कडाइका साथ लागु गर्न लागिएको उनले बताए । 

‘यो सबैको साझा सम्पति भएकोले यो नियम सबैले मान्नैपर्छ । यो पुर्खाले बनाएको  सम्पत्तिलाई सुरक्षा दिनु हामी सबैको जिम्मेवारी हो । हामीले यो नियम अस्ति शनिबा देखि लागु गरेका हौं । त्यो भन्दा अगाडी यो क्षेत्रलाई लभर पोईन्टको रुपमा प्रयोग गरिएको थियो । त्यसले गर्दा वरपरको छिमेकीहरुको गुनासो आउने गरेको थियो ।’

नगरपालिकाले नगर प्रहरी लगाएर मन्दिर परिसरमा फलामको साङ्लो लगाएको छ । यसअघि यो क्षेत्र युवा युवतीको डेटिङ स्पटका रुपमा थियो । 

krishna-mandir (2)1691669136.jpg

मन्दिरको दर्शन गर्न आउने आन्तरिक तिर्थालु र घुम्न आउने विदेशी पर्यटकलाई समेत यस्ता प्रेमजोडीका कारण समस्या भएको गुनासो आएका कारण प्रहरीको सक्रियतामा मन्दिरमा प्रेमजोडीको बसाइलाई नियन्त्रण गरिएको महानगरपालिकाको भनाइ छ । 

 
 

प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०  १७:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update