Odapalika - The Fourth Estate - चौथो अंग
सुन्दरबजार नगरपालिकाले भन्यो : कुकुरबाट जोगिनूस्

काठमाडौँ । लमजुङको सुन्दरबजार नगरपालिकाले सामुदायिक तथा घरपालुवा कुकुरको टोकाइबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

नगरपालिका क्षेत्रमा रेविजजन्य प्रकृतिका समस्याहरु देखिन थालेपछि सामुदायिक तथा घरपालुवा कुकुरको टोकाइबाट बच्नको लागि आवश्यक सतर्कता अपनाउन नगरपालिकाले अनुरोध गरेको हो ।

गत माघ २३ गते सुन्दरबजार नगर क्षेत्रको एउटा सामुदायिक र एउटा घरपालुवा कुकुरमा रेविज संक्रमण देखिएको थियो । त्यसयता घरपालुवा र सामुदायिक कुकुर गरी ६ वटा कुकुरमा रेविज संक्रमण देखिएको सुन्दरबजार नगरपालिका पशुशाखा अधिकृत लोकराज कोइरालाले बताए ।

नगरपालिकाले पहिलो पटक नमुना संकलन गरी माघ १६ गते पोखरास्थित प्रादेशिक पशु पन्छी रोग अन्वेनशन प्रयोगशाला पठाएको थियो । पोखरामा आरडीटी परीक्षण गर्दा संक्रमण देखिएपछि पुनः माघ १७ गते केन्द्रिय पशु पन्छी रोग अन्वेनशन प्रयोगशाला काठमाडौमा ब्रेन स्याप्पल पठाएर परीक्षण गरेकोमा संक्रमण पुष्टि भएको उनले बताए ।

सुन्दरबजारका साम्ुदायिक तथा घरपालुवा कुकुरमा रेबिज संक्रमण भएपछि पटक–पटक सोही प्रकृतिका लक्षणहरु देखा परेपछि शंकास्पद पशुहरुको परीक्षण गर्ने तथा समुदायमा सचेतना फैलाउने काम गरिरहेको उनले बताए ।

हालसम्म शाखाले ७ वटा परीक्षण गर्दा ६ वटा परीक्षणमा रेबिज संक्रमण पुष्टि भएको छ । पछिल्लो समय एक पछि अर्को कुकुरमा रेविजको लक्षण देखा पर्न थालेपछि नगरपालिकाले सावधानी अपनाउन अनुरोध गरेको छ । 

नगरपालिकाले घरपालुवा कुकुरलाई अनिवार्र्य रोविज विरुद्धको खोप लगाउन अनुरोध गरेको छ । घरपालुवा कुकरलाई सुरक्ष्ीितका साथ राख्न अनुरोध गर्दै केही शंका लागेमा अथवा लक्षण देखा परेमा तुरुन्तै पशु प्राविधिको सम्पर्कमा ल्याउन अनुरोध गरिएको पशु चिकित्सक डा. बुद्धिलाल तामाङले बताए ।

प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  १७:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update