Odapalika - The Fourth Estate - चौथो अंग
तराईमा गर्मीसँगै हावाहुरी, पहाडमा पनि छैन पानीको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज पनि देशका अधिकांश भूभागमा चर्को घाम लाग्ने बताएको छ । 

तराईका जिल्लाहरुमा गर्मी कायम रहदा पहाडका केही स्थानको मौसममा भने सामान्य बदली आउने महाशाखाको भनाइ छ । 

महाशाखाका अनुसार आज बिहान कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली हुँदा बाँकी भू–भागमा मौसम मुख्यतया सफा नै देखिने छ ।

आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रहने र बाँकी भू–भागमा मौसम मुख्यतया सफा हुनेछ । 

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । 

कोशी, मधेस र लुम्बिनी प्रदेशका केही स्थानमा साथै बाँकी प्रदेशका थोरै स्थानमा हावाहुरीको सम्भावना पनि रहेको महाशाखाको भनाइ छ ।

आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । 

कोसी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हावाहुरीको सम्भावना छ । 

प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  ०६:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update