Odapalika - The Fourth Estate - चौथो अंग
मीन, मकर र धनुको गोजी बलियो; बृष, कर्कट र कन्याको भाग्य चम्कियो 

आजको पञ्चाङ्ग 

तिथिः अष्टमी  । नक्षत्रः श्रवण । करणः बालब । चन्द्रराशिः मकर । सूर्योदयः ५ः२६ । सूर्यास्तः १८ः३७ । दिनमानः ३२ः५६ घडी । राहुकालः दिनको १२ देखि १ः३० बजेसम्म ।

मेष (चु चे चो ला लि लु ले लो अ)

अनुकूल समय हुनाले सुख प्राप्ति हुनेछ । मान,सम्मान प्राप्त हुनेछ । मनोरञ्जनपूर्वक दिन बित्नेछ । कर्म प्रप्तिको योग रहेको छ ।

वृष (इ उ ए ओ बा बि बु बे बो)

वृष राशिको लागि भाग्योदयको समय छ । सुनौलो यात्रा हुनेछ । कामगर्दा सफलता पाइनेछ । स्वास्थमा उल्लेख्य सुधार हुनेछ । श्रीप्राप्तिको योग छ । 

मिथुन (का कि कु घ ङ छ के को ह)

आजको दिन फलदायक छैन । स्वास्थ्यमा समस्या हुनेछ । गरेका कामले सन्तुष्टि दिनेछैनन् । हानी नोक्सानी बेहोर्नुपर्नेछ । 

कर्कट (हि हु हे हो डा डि डु डे डो)

आज गरेका कार्यले आत्मिक सुख हुनेछ । यात्राको सुखद अनुभव पाइनेछ । सेवागर्ने अवसर मिल्नेछ । परिवारको सहयोगले काम बन्नेछन् । 

सिंह (मा मि मु मे मो टा टि टु टे)

काम बिगार्ने मान्छेको कमी छैन । नयाँ कामको थालनी आज नगर्नुहोला । कामले पूर्णता पाउने छैन । स्वास्थले पनि साथ नदेला । शत्रुदेखि सतर्क रहनुपर्नेछ । 

कन्या (टो प पि पु ष ण ठ पे पो)

आत्मविश्वासका गरेका कामले सफलता पाउनेछन् । वादविवादमा तार्किक कुराले जित्नु हुनेछ । स्वस्थ्यमा नसोचेको सुधार हुनेछ । सन्तान सुख पाइनेछ । 

तुला (र रि रु रे रो ता ति तु ते)

आजको दिन मध्यम रहनेछ । खर्च गर्दा सतर्क हुनुपर्नेछ । मातृसुख भने पाइनेछ । मित्र भेटले मन खुसी रहे पनि खर्चिलो दिन हुनेछ ।     

वृश्चिक (तो ना नि नु ने नो या यि यु)

तपाईंंंको पराक्रमको प्रशंसा हुनेछ । गरेको काममा भाइबन्धुको साथ पाइन्छ । बुद्धिमतापूर्वक सोचेर गरेको कामले सम्मान प्राप्त हुनेछ । रमाइलो यात्रा हुनेछ । 

धनु (ये यो भा भि भु ध फा ढा भे)

मान, सम्मान बढ्नेछ । धन अचानक प्राप्त हुने देखिन्छ । तपाईँको निर्णायक क्षमताले प्रशंसा पाउनेछ । भेटघाटको अवसर जुर्नेछ । 

मकर (भो जा जि जु जे जो खा खि खु खे खो गा गि)

धन प्राप्तिको योग देखिन्छ । गुमाएको वस्तु प्राप्त हुनाले घरमा खुशी छाउनेछ । भेटघाट र रमाइलोमा समय बित्नेछ । विद्यामा सफलता पाइनेछ ।

कुम्भ (गु गे गो सा सि सु से सो दा)

आजको यात्रा कष्टकर नै हुनेछ । साथीभाइ प्रति विवाद हुनेछ । सोचेभन्दा बढी खर्च हुने देखिन्छ । संयमता अपनाउनु पर्नेछ ।

मीन (दि दु थ झ ञ दे दो चा ची) 

नयाँ सामान प्राप्त हुनेछ । दिन फलदायक हुनेछ । गरेको कामबाट प्रशस्तै फाइदा हुनेछ । आर्थिक रुपमा पनि सबल देखिन्छ । सुखद र रमाइलो यात्रा हुनेछ । 

प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  ०६:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update